महेन्द्रनगर २० फागुन ।
कञ्चनपुरको बेदकोट नगरपालिका २ नम्बर वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमकाबिच वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले भवनको उद्घाटन गरेका छन । यसअघि भाडाको भवनबाट कार्यालय सञ्चालन गर्दैँ आएको वडाले नवनिर्मित भवनको उद्घाटनसँगै आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेको हो ।

स्थानीय तहको सरकार बने लगतै भाडाका भवन भवनबाट सेवा प्रवाह थालिएको थियो । वेदकोट–२ का वडाध्यक्ष नरेश बहादुर सिंहले आफ्नै भवनबाट सेवा दिन पाउनु एतिहासिक अवसरका रुपमा रहेका बताए । उनले वडाको विकास निर्माणसँगसगै कार्यालय भवन निर्माणलाई प्राथमिकताका साथ अगाडी बढाएको बताए । उनका अनुसार स्थानीय बीर भट्ट र गणेश बहादुर स्वाँरले जमिन दान गरेसंगै भाडामने भवनबाट संचालन हुँदै आएको वडा कार्यालय आफ्नै भवन निर्माण गर्न सफल भएको हो ।

विजुलियन विल्र्डसले ८२ लाख लागतमा एक तले भवन भवन निर्माण गरिएको हो । भवनमा हल सहित, प्रशासनिक कक्ष, वडाध्यक्ष कक्ष, दर्ताचलानी, शौचालयसहित आधुनिक भवन निर्माण गरिएको अध्यक्ष सिंहको भनाई छ ।
‘आफ्नै वडा भवन निर्माण भएपछि दैनिक कार्य सञ्चालन सहज हुनेछ,’ अध्यक्ष सिहले भने, ‘वडाको दैनिक प्रशासनिक काम चुस्तदुरुस्त हुनेछ ।’ जमिनदाता बीर भट्ट र गणेश बहादुर स्वाँरलाई सम्मान गरिएको छ ।

वडाध्यक्ष सिहले कार्यालय उद्धघाटन समारोहमा हालसम्मको विकास निर्माणलाई प्रतिवेदनमार्फत सार्वजनिक समेत गरेका छन् ।
वडामा एक मिटर समेत कालोपत्रे नभएको वडामा हाल कालोपत्रे सडक विस्तारसँगै अन्य विकासका पूर्वाधार निर्माण कार्यलाई तिव्रताकासाथ अगाडी बढाएको बताए । वडाको शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको भौतिक पूर्वाधार निर्माण विकासका काम भईरहेको उनको भनाई छ ।

वडा कार्यालय भवनको शिलान्यास गदैँ नगर प्रमुख अशोक कुमार चन्दले नगरपालिकाले जनतालाई सहज सेवा प्रवाहसँगै विकास निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडी बढाएको बताए । उनले जनतालाई आफ्नै भवनबाट वडाका सेवा सुविधा दिनका सहज हुने बताउँदै भाडामा खर्च हुदैँ आएको रकम विकास निर्माण कार्यमा खर्च गर्न मिल्ने धारणा राखे । साथै अन्य वडामा पनि भौतिक पुर्वाधार निर्माणसँगै जन अपेक्षा अनुसार विकास र सेवा सम्पादन गदैँ नगरपालिकालाई समृद्ध बनाउन लागि परेको उनको भनाई छ ।

वडा भवन उद्धघाटन कार्यक्रममा नेकपा बेदकोट सह इन्चार्ज मान बहादुर राना, काँग्रेस नेता दिपेन्द्र देउवा सहितका अतिथिले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी स्थानीयको सहभागिता रहेको थियो ।

