५ वर्षदेखी त्रिपालमुनी सुनाहा दम्पती, निड्सको सहयोगले राहात

महेन्द्रनगर २१ फागुन ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थीत सुनाहा बस्तीएका एक दम्पत्ती विगत पाँच वर्षदेखि त्रिपालमुनी बस्न बाध्य छन् । आर्थिक रुपमा कमजोर रहेका गर्जे र गड्डी सुनाहाको घर नहुदाँ सडक छेउमा त्रिपाल हालेर बस्न बाध्य छन् । गड्डी सुनाहा शारिरिक र मानसिक रुपमा अशत्त छिन् ।

मिग्री रोगको संक्रमणपछि उनी शारिरिक र मानसिक रुपमा कमजोर भएकी हुन् श्रीमानले दैनिक ज्यालादारीबाट गरेको कमाईले जेनतेन दुई छाक टार्न पुग्छ । आम्दानीको अन्य श्रोत नहुदाँ जीविका चलाउन कठिन छ सुनाहा दम्पत्तीलाई ।


पहिले आफुपछि ज्यालामजदुरी गर्नु गरेको सम्झदैँ गड्डीले भनिन् ‘रोगले च्यापेको ४÷५ वर्ष भयो, अहिले काम गर्न सक्दैँन्, उहाँ(श्रीमान)को कमाईबाट जेनतेन गुजरा चल्छ ।, आफ्नो घर छैन त्रिपालमुनी बसिरहेका छौँ ।’ कञ्चनपुरमा मात्रै बसोवास रहेको सुनाहा जाती विपन्न समुदायमा पर्छ ।


संस्थाको सहयोग सुनाहा दम्पत्तीलाई राहत


आर्थिक तथा सामाजिक रुपमा विपन्न सुनाहा दम्पतीलाई निड्स नेपालले सहयोग गरेको छ । स्वच्छताका लागि व्यवहार परिर्वतन परियोजना अन्र्तगत उनिहरुलाई मनोसामाजिक परामर्शसँगै स्वास्थ्य सामाग्री हस्तान्तण गरेको थियो । उक्त सामाग्रीले दैनिकी केही सहज भएको गड्डी सुनाहाले बताउँछिन् ।

उनका अनुसार चिसोको समयमा पाएको कपडाले त्रिपालमुनीको बसाई सहज भएको हो । त्यस्तै सरसफाईका लागि साबुन र बाल्टीन समेत निड्सले उपलब्ध गराएको छ । सुनाहा बस्तीकी आमाका चमात्कारी हातहरु कक्षा पवद्र्धक अनिशा सुनाहाले संस्थाको सहयोगले विपन्न दम्पत्तीलाई सहयोग पुगेको बताईन् । साथै कार्यक्रममार्फत मनोसमाजिक परामर्श समेत दिने गरेको उनको भनाई छ ।

निड्स नेपालले अक्सफाम नेपालसँगको साझेदारीमा ‘स्वच्छताका लागि व्यवहार परिर्वतन परियोजना’ सञ्चालन गरेको छ । उक्त परियोजनामार्फत भिमदत्तका ८ वटा वडामा कार्यक्रम सञ्चालन भईरहेको छ ।


परियोजनका संयोजक प्रयागराज रेग्मीले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार अक्सफाम नेपालको प्राविधिक सहयोग रहेको परियोजना भीमदत्त नगरपालिकाका ८ वटा वडा २,९, १०,११, १२,१३,१८ र १९ मा सञ्चालनमा छ ।


परियोजनामार्फत कोरोना भाईरसको संक्रमणले आममानिसमा मनोवैज्ञानीक असर परेकाले विभिन्न जनचेतनामुलक कार्यक्रम गरिएको उनको भनाई छ । त्यस्तै परियोजनाले लैंगिक समाजनता, व्यक्तिगत सरसफाई सचेतनासँगै स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्