भारतीय दुई किशोरी नेपालमा साईकल यात्रामा, त्रिदेशीय बोडरसम्मको ५७०० किलोमिटर दुरी पार गर्ने

महेन्द्रनगर २३ फागुन
भारतीय दुई किशोरीले नेपालमा साईकल यात्रा शुरुवात गरेका छन । आइतबारदेखि कञ्चनपुर(महाकालीदेखि मेची झापा)सम्म भारत उत्तराखण्डकी श्रुर्ती रावत र बिहारकी सविता महतोले नेपालमा साईकल यात्रा शुरुवात गरेकी हुन ।

भारतबाट नेपाल प्रवेस गरेका कञ्चनपुरको सीमावर्ती भीमदत्त नगरपालिकामा उनीहरुलाई स्वागत गरिएको छ । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले भारतीय साईकल यात्रीद्वय महतो र रावतलाई स्वागत गर्दै बिदाई गरे ।


मेयर विष्टले नेपालमा पनि थुप्रै पर्यटकिय गन्तव्य भएकाले यात्रा पुरा गरेपछि पर्यटकिय गन्तव्य बारे प्रचार प्रसार गर्न अनुरोध गरे । यात्राका दौराउनमा महिलामाथि हुने हिंसा र प्राकृतिक स्रोत साधन संरक्षणको विषयमा विद्यार्थीसंग छलफल गरिने उनीहरुले बताएका छन । नेपालको पश्चिम महाकालीबाट शुरुवात भएको यात्रा पुर्व मेचीबाट पुन भारतमै जाने छन ।

महिला हिंसा रोकथाम एव प्राकृतिक स्रोत साधन संरक्षणका लागि जनचेतनामुलक यात्रा भएको बताएका छन । फेब्रोरी दुइ देखि भारतको पाकिस्तानी अटारी बोडरबाट यात्रा सुरु गरेका उनिहरुले चिनियाँ बोडर हुदैँ अप्रीलसम्ममा यात्रा पुरा गर्ने लक्ष्य लिएका छन् । साईकल यात्राको दौरानमा उनिहरुले पाँच हजार सात सय किलोमिटर दुरी पार गर्नेछन् ।

साईकल यात्री महाताले नारि सुरक्षालाई जोड दिदैँ अभियान चलाई रहेकी छिन भने रावतले स्वच्छ हिमालय, कर्तव्य गंगा नारालाई आत्मसाथ गरेकी छिन् । जसमार्फत नारिलाई समाजमा हर्ने दृष्टिको सोचेभन्दा सकारात्मक पाईएको साईकल यात्री महतोले बताईन् ।

त्यस्तै अघिकांश नदीको उदगमस्थल हिमाल नै भएको र पछिल्लो समय हिम नदी प्रदुषीत भईरहेकाले त्यसका स्वच्चताका लागि अभियान चलाईएको साईकल यात्री रावतले बताईन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्