घरायसी कार्यमा समान सहभागीता जनाउने तीन जना पुरस्कृत

महेन्द्रनगर २२ फागुन ।
घरायसी कामकाजमा समान रुपमा सहभागी हुने तीन दम्पतीलाई निड्स नेपालले पुरुस्कृत गरेको छ । निड्स नेपालको स्वच्छताका लागि व्यवहार परिर्वतन परियोजना अन्र्तगत गरिएको फोटो प्रतियोगिताका उत्कृष्ट तीन जनालाई पुरस्कृत गरिएको हो ।
परियोजनकी जेण्डर अफिसर शिला योगीले सामाजिक सञ्चालमार्फत गरिएको उक्त प्रतियोतिामा सहभागी उत्कष्ट तीन जनालाई पुरस्कृत गरिएको हो । उनका अनुसार घरायसी काममा महिला पुरुषको समान सहभागीता झल्कीने गरि राखिएको फोटोमध्येबाट सबै भन्दा बढी लाईक र कमेन्ट पाएकालाई पुरस्कृत गरिएको हो । निड्सको आफिसिय फेसबुक पेजमार्फत उक्त फोटो कन्टेष्ट प्रतियोगिता आयोजना गरिएको थियो ।


प्रतियोगितामा भीमदत्त नगरपालिका–१२ की रामवती राना प्रथम भएकी छिन् भने भीनपा–१३ का गणेश सुनार द्धितिय र भीनपा–१० का महानी शार्की तृतिय भएका छन् । उनिहरुलाई पुरस्कार स्वरुप पानी फिल्टर र प्रेसर कुकुर दिईएको हो । प्रतियोगितामा सहभागी हुने महिला पुरुषले घरायसी काममा समान सहभागिता जनाएको जेण्डर अफिसर योगीले बताईन् ।


‘महिलाले अवसर पाएमा सबै काम गर्न सक्छन् उनले भनीन् महिलालाई घरायसी काममा सिमित राख्नु हुदैँन्, त्यसमा पुरुषको पनि सहभागिता अनिवार्य हुनुपर्छ । यसले महिलाको क्षमता विकास र सामाजिक रुपमान्तरणमा सहभागीता बढ्छ ।’ पुरस्कृत सामाग्रीले घरायसी काममा सहज हुनुका साथै समयको समेत बचत हुने अपेक्षा गरिएको छ ।


आउँदै गरेको नारि दिवसको अवसरमा पनि यस प्रतियोगितालाई महत्वपुर्ण रुपमा हेरिएको छ । प्रतियोगिताले घरायसी काममा पुरुष सहभागीता हुनु पर्ने कुरालाई थप प्रेरणा थपेको छ । निड्स नेपालले अक्सफाम नेपालसँगको साझेदारीमा भीमदत्तका आठ वटा वडामा प्रतियोगिता सञ्चालन गरिरहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्