महिलालाई पुरुषसहर समान अवसर दिन खल्लामा सडक नाटक

महेन्द्रनगर २४ फागुन ।
घरायसी कामकाजमा समान रुपमा समान व्यवहारबारे सडक नाटक आयोजना गरिएको छ । भीमदत्त नगरपालिका–९ खल्ला सन्तनगरको भीमदत्त स्मृती आधारभुत विद्यालयमासडक नाटकमार्फत घरायसी कार्य कार्यमा पुरुषको सहभागीता जनाउनु पर्ने सन्देश दिईएको हो ।

महिलालाई पुरुष सरह विभिन्न अवसरमा सहभागीता जनाउन दिनुपर्ने सडक नाटकको सन्देश थियो ।
सुदूरपश्चिमका चर्चित कलाकार लाल बहादुर धामी (अछामी बड्डो)ले नेतृत्व गरेको कलाकार टिलले सडक नाटक प्रदाशन गरको हो ।


निड्स नेपालले अक्सफाम नेपालसँगको सहकार्यमा स्वच्छताका लागि व्यवहार परिर्वतन परियोजना अन्र्तगत विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चलन हुदैँ आएका छन् ।
उक्त कार्यक्रम आयोजना गरिएको हो । परियोजनाका संयोजक प्रयागराज रेग्मीले महिलालाई घरायसी काममा मात्रै सिमित नराखि बाहिरी अवसर दिन सामाजिक चेतनाको विकास गर्न सडक नाटक आयोजना गरिएको बताए ।


‘महिलाले अवसर पाएमा सबै काम गर्न सक्छन् । उनीहरुलाई घरायसी काममा सिमित राख्नु पर्छ भन्ने परम्परागत धारणा त्याग्नु पर्छ ।’ संयोजक रेग्मीले भने महिलालाई घरायसी काममा सिमित राख्नु हुदैँन्, त्यसमा पुरुषको पनि सहभागिता अनिवार्य हुनुपर्छ । यसले महिलाको क्षमता विकास र सामाजिक रुपमान्तरणमा सहभागीता बढ्छ ।’ सडक नाटक कार्यक्रममा स्थानीय, विद्यार्थी लगायको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्