सडक नाटकले सिकायो महिलालाई अवसर दिन

महेन्द्रनगर २५ फागुन ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित खल्ला मेसेट्टी नगरकै दुर्गम बस्तीको रुपमा चिनिन्छ । दैनिक ज्यालामजदुरीबाट दैनिक गुजरा गर्छन् । पुरषले घर बाहिरका अवसर पाएपनि महिला भने घरायसी काममै सिमित छन् । महिलालाई घरायसी काममै लगाउनु पर्छ भन्ने सोच त्यहाँका अधिकाशंमा छ । तर आईतबार भीमदत्त नगरपालिका–९ खल्ला सन्तनगरको भीमदत्त स्मृती आधारभुत विद्यालयमा गरिएको सडक नाटकले भने स्थानीयलाई महिलालाई पुरुषसहर समान अवसर दिनुपर्छ भन्ने सन्देश दिएको छ ।
सुदूरपश्चिमका चर्चित कलाकार लाल बहादुर धामी (अछामी बड्डो)ले नेतृत्व गरेको कलाकार टिलले सडक नाटक प्रदर्शन गरको गरेको थियो । उक्त सडक नाटकमार्फत महिलालाई पनि पुरुष सरह समान अवसर दिनुपर्नेमा जोड दिईएको हो । नाटकबाट महिलालाई घर बाहिर रोजगारी लगायतका अन्य सामाजिक कार्यमा सहभागी गराउनुपर्छ सन्देश दिएको स्थानीय नन्दा अवस्थीले बताईन् ।

सडक नाटकबाट महिलालाई पुरुष सरह अवसर लिनुपर्ने कुरा सिकाएको बताउँदै उनले भनीन् ‘महिलालाई पनि घर बाहिर काममा लगाउनु पर्ने रहेछ, पुरुषले पनि घरायसी काममा सघाउनु पर्छ भन्ने कुरा सिक्यौँ ।’
त्यस्तै अर्की स्थानीय रेवती सुनारले पनि महिला पुरुषसरह समान व्यवहार गर्नुपर्ने कुरा सिकाएको बताईन् । महिलाले घरको काम मात्रै गर्नुपर्ने पुरानो सोच छ उनले भनिन् ‘नाटकबाट महिलाले अवसर पाएमा पुरुष सरह काम गर्न सक्छन् । त्यसले घर परिवार र समाज समृद्ध बन्छ ।’


‘घरायसी काममा पुरुषको सहभागीता हुनुपर्छ, महिलालाई समान अवसर दिनुपर्छ भन्ने नाटकको सन्देश थियो ।’ स्थानीय गणेश बहादुर रोकायाले भने ‘मेरोपछि घरमा छोरी बुहारी छन नाटकले सिकाएको कुरालाई व्यवहारमा पनि लागु गर्छु ।’
निड्स नेपालले अक्सफाम नेपालसँगको सहकार्यमा स्वच्छताका लागि व्यवहार परिर्वतन परियोजना अन्र्तगत सडक नाटक पदर्शन गरिएको हो ।
परियोजनाका संयोजक प्रयागराज रेग्मीले महिलालाई घरायसी काममा मात्रै सिमित नराखि बाहिरी अवसर दिन सामाजिक चेतनाको विकास गर्न सन्देशमुलक सडक नाटक आयोजना गरिएको बताए ।


‘महिलाले अवसर पाएमा सबै काम गर्न सक्छन् । उनीहरुलाई घरायसी काममा सिमित राख्नु पर्छ भन्ने परम्परागत धारणा त्याग्नु पर्छ ।’ संयोजक रेग्मीले भने महिलालाई घरायसी काममा सिमित राख्नु हुदैँन्, त्यसमा पुरुषको पनि सहभागिता अनिवार्य हुनुपर्छ ।
यसले महिलाको क्षमता विकास र सामाजिक रुपमान्तरणमा सहभागीता बढ्छ ।’ सडक नाटक कार्यक्रममा स्थानीय, विद्यार्थी लगायको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्