राष्ट्रिय महिला आयोगकी अध्यक्ष पराजुलीले भेटीन् निर्मला पन्तकी आमालाई

महेन्द्रनगर ८ चैत्र । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले निर्मला पन्तकी आमासँग भेटघाट गरेकी छिन् । आईतबार बिहान भीमदत्त नगरपालिका–२ स्थीत घरमै पुगी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमासँग भेट गरेकी हुन् ।

गत फागुनमा आयोगको अध्यक्षको जिम्मेवारी समालेकी अध्यक्ष पराजुलीसहित आयोगको टोलीले पन्तकी आमा दुर्गादेवी पन्त पहिलो पटक भेटघाट गरेको हो । भेटघाटका क्रममा अध्यक्ष पराजुलीले पन्तकी आमाको पछिल्लो अवस्थाबारे जानकारी लिदैँ आयोग पिडित परिवासको साथमा रहेको भन्दै सहानुभुति दिएकी छिन् ।


‘निर्मलाले जुन नियती भोग्नु प¥यो, त्यो आम नेपाली छोरीहरुका लागि दुग्भार्य हो ।’ भेटघाटका क्रममा अध्यक्ष पराजुलीले भनिन् ‘यो घटना हुदाँखेरी आयोग पदाधिकारी बिहिन थियो, हामी नियुक्तपछि हामी तपाईको अवस्थाबारे बुझ्न आएका हौँ ।’ पन्तको पछिल्लो सामाजिक र आर्थिक अवस्थाबारे जानकारी लिदैँ निर्मलालाई न्याय दिलाउन आयोग प्रतिवद्धता समेत जनाएको छ । साथै यस घटनाप्रति राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर रहेको आयोगले स्पष्ट प¥यो ।

भेटघाटका क्रममा आयोगकी अध्यक्ष पराजुलीले व्यक्तिगत रुपमा निर्मलाकी बहिनिलाई साईकल हस्तान्तरण गरेकी छिन् ।
भेटघाटपछि दुर्गादेवीले छोरीको न्याय दिलाउनु आग्रह गरिन् । साथै उनले आफुले नगरपालिका ज्यालादारीमा काम गरिरहेको भन्दैँ कतिपयले दुस्प्रचार गरिएको दुख व्यक्त गरिन् । मैलै बाच्नका लागि ज्यालादारीमा भए पनि काम गरिरहेकी छु, परिवार पालिरहेकीछु उनले दुखेसो पोख्दैँ तर मलाई पैसामा बेचिएको भन्दैँ आरोप लगाउछन्, के मैलै बाच्नका लागि काम नपाउने हो ?’

आयोगको भेटघाट कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख सानु बुढथापा, वेदकोट नगरपालिकाकी उप्रमुख शुसिला चन्द सिंह लगायतका अधिकारकर्मीको उपस्थिती रहेको थियो ।

२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्