नमस्ते शुल्लाफाँटा यातायात प्रालिद्धारा महेन्द्रनगर–काठमाडौँ मार्कपोलो मेग्ना बस सेवा सुरु

महेन्द्रनगर ११ चैत्र ।
कञ्चनपुरस्थित नमस्ते शुक्लाफाँटा यातायात प्रालीले नयाँ बस सेवा सुरु गरेको छ । बुधबार एक कार्यक्रमकाबिच प्रालिले महेन्द्रनगर–काठमाडौँ एसी मार्कापोलो मेग्ना बस सेवाको उद्धघाटन गरेको हो ।


नेपालमै हालसम्म ८ वटा मात्रै उक्त बस रहेकोमा नमस्ते शुक्लाफाँटा दुई वटा बस सञ्चालनमा ल्याएको हो । ४५ सिट क्षमता भएको सुविधा सम्पन्न एसी बस निममित महेन्द्रनगर–काठमाडौँ सञ्चालन हुनेछ ।


नमस्ते शुक्लाफाँटा यातायात प्रालीका अध्यक्ष सिद्धराज बोहराले यात्रुहरुको सहता र सुविधाका लागि नौलो बस सेवा सुरु गरेको बताए । उनका अनुसार प्रालिले सहज र यात्रुमैत्री तरिकाले सेवा दिनेछ । कार्यक्रममा बोल्दैँ विभिन्न यातायात व्यवसायीहरुले भारतीय सीमा नाका नखुल्दाँ करोडौँका बस थन्कीएको गुनासो गरे ।

साथै यातायात व्यवसायीले पुर्ण रुपमा यातायात व्यवसाय निर्वाद रुपमा सञ्चालन र सडक स्तरोन्नतीका लागि सरकारसँग आग्रह पनी गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका प्रमुअ प्रमुख विनोद कुमार मालीले कार्यालय व्यवसायीलाई सहज रुपमा सेवा दिईरहेको र त्यसका लागि संधै प्रतिवद्ध रहेको बताए । कार्यक्रममा यातायात व्यवसायी, समाजसेवी, यातायात मजदुरलगायतको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्