जनज्योती क्याम्पसद्धारा बिसीए तेस्रो ब्याचका विद्यार्थीलाई अभिमुखिकरण

महेन्द्रनगर २९ चैत्र ।
कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याक्पसको बिसीए तेस्रो ब्याचका विद्यार्थीलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
आईतबार क्याम्पसले तेस्रो ब्याचका नव प्रवेशी विद्यार्थीलाई अभिमुखिकरण गरिएको सहायक क्याम्पस प्रमुख उमेश भण्डारीले बताए । उनको अनुसार विद्यार्थीलाई बिसिए पाठ्क्रम तथा विषयवस्तु र क्याम्पसको बारेमा जानकारी दिन अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

नव आगन्तुक विद्यार्थीलाई कार्यक्रम र क्याम्पसबारे आवश्यक जानकारी दिन अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो । जनज्योती सुदूरपश्चिमकै अग्रीणि शैक्षिक संस्थाको रुपमा स्थापीत भई गुणस्तरिय सेवा दिदैँ आएको छ ।
कार्यक्रममा बिसीए कार्यक्रम संयोजक बाबुराम रावतले क्याम्पसको पठनपाठन र व्यवस्थापनबारे जानकारी गराएको थिए । भने उप–प्राध्यापक राजेश भण्डारीले मोटिभेसनल व्यवक्त राखेका थिए ।


साथै अभिमुखिकरण कार्यक्रममा त्रिवि डीन कार्यालयका बिसिए विज्ञ भोजराज जोशी प्रमुख वक्ताका रुपमा रहेका थिए । उनले बिसिएको स्कोप र वर्तमान अवस्थाका बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए । त्यस्तै कार्यक्रमका सभापती समेत रहेका क्याम्पस प्रमुख प्रकाशदत्त जोशीले पछिल्लो समयमा सुचना, प्रविधिको प्रयोग बढ्दै गईरहेकाले विद्यार्थीको आर्कषण बढेको बताए ।


साथै उनले विद्यार्थीलाई चौतर्फी व्यतित्व विकासमा लाग्न समेत जोड दिए । क्याम्पसले लामो समयदेखि उच्च गुणस्तरीय शिक्षामा जोड दिदैैँ आएको छ । कार्यक्रमको प्रमुख अतिथी क्याम्पसका प्रबन्धक सञ्चालक खेमलाल घिमीरे रहेका थिए भने कार्यक्रममा पुर्व क्याम्पस प्रमुख धर्मेन्द्र गिरी, उप–प्राध्यापक यज्ञराज उपाध्याय, पुनित ऐर, सुरेन्द्र राज जोशी, अर्जुन नाथ लगायत विद्यार्थी र संकाय सदस्यको उपस्थिती रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्