महेन्द्रनगर ७ बैशाख ।
कञ्चनपुरस्थित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको ईन्जिनियरिङ् संकायका तीन विद्यार्थीमा कोरोना संक्रमण पुष्टी भएको हो । मंगलबार महाकाली अस्पतालमा परिक्षणका क्रममा उनहरुमा कोभिडको संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।

कोभिड संक्रमणका आशंकामा परिक्षण गर्दा चार जना मध्ये तीन जनामा संक्रमण पुष्टि भएको हो । उनिहरुलाई महेन्द्रनगरस्थित आईसिएसको भवनमा राखिएको छ ।
ईन्जिनियरिङ संकायका विद्यार्थीको कोरोना संक्रमण देखिएपछि अन्य विद्यार्थी त्रसित बनेका छन् । साथै विद्यार्थीले स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखि वैकल्पीक माध्यमबाट पठनपाठन र परिक्षा सञ्चालन गर्न माग गरेका छ । केहि दिन अघि मात्रै सुदूरपश्चिम विश्वविद्यालयस्थित विद्यार्थी संगठनले कोरोना भाईरसको संक्रमण बढ्दै गएकोले वैकल्पीक माध्यमबाट पठनपाठन र परिक्षा सञ्चालन गर्नुपर्ने मागसहित प्रेस विज्ञप्ती समेत जारी गरेका थिए ।