नेपाल बैक महेन्द्रनगर शाखाको कार्यालयको भवन शिलान्यास


महेन्द्रनगर ८ बैशाख ।
नेपाल बैंक लिमिटेड, महेन्द्रनगर शाखाले आफ्नै कार्यालय भवन निर्माण कार्य अगाडी बढाएको छ । बैकले बुधबार एक कार्यक्रमका बिच कार्यालय भवनको शिलान्यास गरेको हो । नेपाल बैंक लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख जनकराज सुवेदीले भवनको शिलान्यास गरे ।


एक वर्षभित्रमा निर्माण गरि सक्ने लक्ष्यसहित भवन निर्माण कार्य सुरु गरिएको महेन्द्रनगर शाखा प्रमुख महेशराज जोशीले बताए । उनका अनुसार बैंकले आफ्नै भवनबाट सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यका साथ निर्माण कार्य सुरु गरिएको हो । भवन निर्माणका लागि विकोई÷नेशनल जे.भीसँग सम्झौता गरिएको छ ।

तीन करोड सात लाख नौ सय अनुमानित लागत रहेको उक्त भवन निर्माणका लागि दुई करोड ८७ लाख १ सयमा ठेक्का सम्झौता भएको हो ।
२०३८ सालमा स्थापना भएको नेपाल बैकको महेन्द्रनगर शाखा भाडाको घरबाट सञ्चालन हुदैँ आएको छ । हाल बैकले मासिक ६० हजार पाँच सय रुपयाँ भाडा तिर्दैँ आएको शाखा प्रमुख जोशीको भनाई छ ।


चार तले आधुनिक भवनको ग्राउन्ड फ्लोरमा पार्किङ स्थल निर्माण गरिने छ भने माथिल्लो तलामा कार्यालयसहित शाखा प्रमुख निवास समेत रहनेछ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्