नेकपा स्थायी समिति बैठक: पेरिसडाँडामा प्रचण्ड(माधवको, बालुवाटारमा ओली समूह

काठमाडौं । राजनीतिक रुपमा विभाजित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी समितिको आजको बैठक पनि फरक फरक स्थानमा बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेताहरु बालुवाटारमा जम्मा हुँदैछन् । यता पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा अहिले केहीबेरमा बस्दैछ ।

पेरिसडाँडामा प्रचण्ड(माधव समूहको स्थायी समिति बैठकमा सडक संघर्षको आगामी रणनीति र पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुने तय भएको छ । केही बेरमा उक्त बैठक सुरु हुने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।

यता, बालुवाटारमा पनि स्थायी समितिका सदस्यहरु जम्मा हुँदैछन् । बालुवाटारमा औपचारिक बैठक नभनिए पनि सदस्यहरुसँग प्रधानमन्त्रीले छलफल गर्न लागेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

श्रोतnagarik khabar
 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्