काँगे्रसद्वारा अछामका सबै वडामा संसद विघटन बिरुद्धमा प्रर्दशन

महेन्द्रनगर । नेपाली काँग्रेसले प्रतिनिधी सभा विघटन बिरुद्धमा अछामका सबै वडाहरुमा बिरोध प्रर्दशन गरेको छ ।

बिहीबार काँग्रेस केन्द्रीय समितिको निर्णय अनुरुप अछामका पनि सबै वडाहरुमा बिरोध प्रर्दशन गरिएको नेपाली काग्रेँस अछामका क्षेत्रिय सदस्य महेश खड्काले बताए ।

उनका अनुसार जिल्लाका सबै पालिकाका सबै वडाहरुमा एक साथ प्रतिगम र गैर लोकतान्त्रिक कदम बिरुद्ध प्रर्दशन गरिएको बताए ।

‘हामीले केन्द्रीय कार्यक्रम अनुसार सबै वडाहरुमा बिरोध प्रर्दशन गरेका छौँ, ‘उनले भने, ‘जनता काँग्रेसको पक्षमा देखिएका छन ।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्