कञ्चनपुरमा आफैले पालेको राँगोले हान्दा वृद्धको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको छ ।

गएराति पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हान्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

“राँगाले हान्दा चौधरी गम्भीर घाइते भएको र तत्कालै घटनास्थलमै मृत्यु भएको खबर छ”, प्रवक्ता थापाले भने, “आज कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तलाई दाहसंस्कारका लागि दिन्छौँ ।”

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीलाई उद्धृत गर्दै राससले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्