महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरीलाई छ दिने अपराध अनुसन्धान तथा नियन्त्रण विशेष घुम्ति प्रशिक्षण तालिम दिइएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाण्डौको तत्वाधानमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी कर्मचारीलाई अपराध अनुसन्धान तथा नियन्त्रण विशेष घुम्ति प्रशिक्षण दिइएको जिल्ला प्रहरीले कार्यालय कञ्चनपुरले जनाएको छ ।
माघ ११ गते बाट सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रमको आज –शुक्रबारं) जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले एक कार्यक्रमका बिच समापन गरी प्रशिक्षणार्थीहरुलाई आवश्यक निर्देशन दिएका छन् ।