भोक बिर्सेर, समाज सेवा नबिर्सेका मदन

महेन्द्रनगर । अधिकांस मानिसहरु आफ्नो तथा आफ्ना सन्तानकोे भविष्य, कसरी राम्रो वा उज्वल बनाउने भन्ने कुरामा केन्द्रित हुन्छन् । तर समाज तथा अरुको भविष्यका बारेमा सोच्ने मानिस कमै छन् हाम्रो समाजमा । कसैलाई सहयोग गर्न धेरै पैसानै हुनुपर्छ भन्ने छैन ठूलो मन भए पुग्छ । यसका एक उदाहरण हुन समाजसेवी मदन चन्द ।

बैतडीको तल्लो स्वराडमा बुवा त्रिलोक चन्द र आमा सरु देवी चन्दको कोखबाट वि.सं. २०२५ साल असार २५ गते जन्मेका समाजसेवी मदन चन्दको बाल्यकाल बैतडीमै वित्यो । चन्द जन्मेको केही वर्षमै उनको परिवार बैतडीबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा बसाईसरी आए ।

कञ्चनपुर झरेका चन्दले आफ्नो प्रवेशिका परिक्षा सम्मको शिक्षा स्थानिय महाकाली जनसेवा माध्यमीक विद्यालय बाटै हासील गरे । त्यसपछि उच्च शिक्षाका लागि उनि भारतको पिलिभित गए । चन्दकोे परिवारको आर्थिक अवस्था कमजोर भएकोले उनले आफ्नो आगामी शिक्षा हासिल गर्न पाएनन्् । त्यसैले उनि गाउँ फर्किए ।

परिवारको आर्थिक अवस्था कमजोर भएकोले समाजसेवी चन्द अरुको हली भएर काम गर्न थाल्ये । अरुको हली भए, आफु भोकै बसे तर उनले समाजिक कार्य गर्न छाडेनन् । ‘अरुको हली भएर छाक टारे ।’ उनले भने ‘धेरै रात भोकै बसे तर सामाजिक काम गर्न छाडेन ।’ उनले अगाडी थपे ‘सामाजिक काम गर्न धन भन्दा मन भए पुग्छ जस्तो लाग्छ मलाई,त्यसैले आफु भोको भएरपनि निरन्तर समाजसेवा गरे ।’

उनले केहि वर्ष अरुको हली भएर बिताए । चन्दको उमेर बढ्दै गए संगै उनको काधमा जिम्मेवारी पनि बढ्दै गए । त्यसैले चन्दले वि.सं. २०५१ सालमा महेन्द्रनगरको सञ्चार चोकमा चिया पसल सञ्चालन गरे । उक्त चिया पसल अहिले पनि सञ्चालनमा छ । र समाजसेवी चन्दको आर्थिक अवस्था भने त्यही पुरानै छ । अझै पनि उनले समाजिक काम गर्न भने छाडेका छैनन् ।

उनकाअनुसार उनले अहिले सम्म झन्डै १ सय भन्दा बढी असाय,गरिव तथा दिन दुखीलार्ई प्रत्यक्ष आर्थिक सहयोग गरिसकेका छन् । त्यस्तै सरसफाई,छाडापशु चौपायाको हेरचाहा त उनि निरन्तर गर्दै आएका छन् । समाजसेवी चन्द चिया उमाल्नु भन्दा बढी आफ्नो चिया पसल वरिपरी कहिले भुस्याहा कुकुर,छाडा चौपायालाई खाना खुवाइरहेको अवस्थामा,कहिलेकाही महेन्द्रनगर बजारमा फोहोर उठाइरहेको,कहिले गरिव,असायालाई सहयोग गरिरहेको,कहिले कसैलाई धूम्रपान गर्नु हुन्न भनेर सम्झाइ रहेको अवस्थामा बढी भेटिन्छन् ।

चिया बेचेर घर चलाउने चन्दले समाज,गरिव,असाया तथा छाडा पशुचौपायाका लागि पनि केही रकम तथा समय खर्चेर होला उनको चिया पसलमा चिया सामाग्रि भन्दा बढी सम्मान पत्र तथा कदर पत्रहरु झुन्डाइएका छन् । आफ्नो भविष्यको ख्याल नगरी समाजसेवा गर्ने समाजसेवी चन्दको कञ्चनपुरमा अलगै पहिचान छ । त्यही फरक पहिचानले गर्दा होला महेन्द्रनगर पुग्ने नेपाली सेलिब्रेटी उनलाई भेट्न उनको चिया पसलमै पुग्ने गर्दन् ।

उनको चिया पसलमा उनलाई भेट्न गायक कमल क्षेत्री, कलाकार धुर्मुस–सुन्तली, राजेश हमाल,बान्द्रे, नेता रमेश लेखक,एनपी साउँद,नर बहादुर धामी, प्रकाश रावल, सामाजिक अभियान्ता केपी खनाल, हेमराज थापा लगाएत थुप्रै सेलिब्रेटी आएका छन् । ‘पहिले सामाजिक काम गर्दा समाजकै केही मानिसहरु हास्ने गर्दथ्ये ।’ समाजसेवी चन्दले भने ‘तर काम गर्दै गए, अहिले त्यही कामको कदर गर्दै त्यही समाजका मान्छेले सम्मान गरेका छन् ।’ पहिले भन्दा अहिले सामाजिक काम गर्ने युवाहरुको संख्या बढ्दै गएकोमा खुशी लागेको उनले बताए ।

उनले भने ‘पहिले भन्दा अहिलेका युवाहरु सामाजिक कार्यमा बढी सक्रिय छन् । समाजमा जति पनि हिंसा तथा अपराध लागुऔषधको सेवनका कारणले हुने गरेको समाजसेवी चन्दले बताए । ‘लागुऔषधका कारण नै समाजमा अपराधिक घटना घट्छन् ।’ उनले भने ‘त्यसैले अभिभावकले कम्तिमा पनि आफ्ना बच्चा के गरिरहको छ, को संग संगत गरिरहेको छ भन्ने कुरामा ध्यान दिन जरुरी छ ।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्