इजलासमा सांसद पोखरेलको प्रश्न, ‘सुतेकै अवस्थामा मृत घोषणा गर्न पाइन्छ श्रीमान् ?’

काठमाडौं । संसद विघटनसम्बन्धी सुनुवाइ गरिरहेको सर्वोच्चको संवैधानिक इजलासमा न्यायाधीश र कानुन व्यवसायीबीच निकै सवालजवाफ भइरहेको छ । रिट निवेदकको तर्फबाट बहसमा आएका अधिवक्ताहरु र न्यायाधीशबीच प्रश्नोत्तर चलेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेज बहादुर केसीको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ ।

बहसमा संलग्न वरिष्ठ अभिवक्ता रमण श्रेष्ठ र प्रधानन्यायाधी जबराबीच सुरुवातमै समयमो विषयमा लामै बहस भयो । आफ्ना लागि ५ घण्टा मागेको श्रेष्ठलाई जबराले १ घण्टामात्रै समय दिने भएपछि सवालजवाफ लम्बिएको थियो ।

बहसमा सहभागी भएका रिट निवेदक सांसद कृष्णभक्त पोखरेलले आफूहरु जिउँदै भएको अवस्थामा मृत घोषणा गरिएको भन्दै संसद विघटन कसरी हुनसक्छ भन्ने प्रश्न गरेका छन् । उनले अधिवेशन नै रोकेर संसद विघटन भएको भन्दै संसद जिउँदै रहेको बताए ।

बहसका क्रममा वरिष्ठ अभिवक्ता तथा राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले अदालतले प्रधानमन्त्रीको कुरा मान्ने कि संविधानअनुसार व्याख्या गर्ने भन्दै प्रश्नपनि गरेका छन् ।

बहसका क्रममा बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हुतिहारा भनेपछि प्रधानन्यायाधीश जबराले रोकेका थिए । जबराले वरिष्ठ ज्यू, सभ्य भाषा प्रयोग गर्नुस् भनेर सम्झाएका थिए ।

श्रोतnagarikkhabar
 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्