डडेल्धुरा । डडेल्धुरामा बाघको छालासहित एकजना पक्राउ परेका छन् । दशरथचँन्द राजमार्ग सडकखण्डमा बाघको छाला लुकाई छिपाई तस्कर गरिरहेको अवस्थामा अजयमेरु गाउँपालिका १ का २९ वर्षीय जगतसिंह भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
भण्डारीलाई अमरगढी नगरपालीका–६ तोलीमा समातिएको प्रहरीले जानकारी दिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको सयुक्त टोलीले चेकजाच गर्ने क्रममा सु प प्र ०४००१ प ०५४८ नम्बरको मोटरसाइकलमा अवैध छालासहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए ।
पक्राउ परेका भण्डारीको साथबाट भालुको ठूलो पित्त एक थान, ठुलो बाघको जस्तोदेखिने छाला एक थान, सानो बाघको जस्तो देखिने छाला एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका भण्डारीलाई आवश्यक कारबाहीको लागी डिभिजन वन कार्यालय डडेल्धुरामा बुझाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । माघ १० गते साँझ ५ बजेतिर भण्डारीलाई पक्राउ गरिएको भएपनि डडेल्धुरा प्रहरीले आइतबार मात्रै सार्वजनिक गरेको छ ।फाइल फोटो