महेन्द्रनगर । पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव हुने भएको छ । भीमदत्त नगरपालिकाको आयोजनामा आइतबारदेखि शुक्लाफाँटा तथा पर्यटन महोत्सव २०७७ हुन लागेको हो ।
पर्यटन विकासका लागि महोत्सवमा विभिन्न प्रतियोगिता तथा कार्यक्रम आयोजना गरिएका छन् । जसअन्तर्गत साइकल रेस प्रतियोगिता समेत हुने भएको छ ।
साइकल रेस प्रतियोगिताको लागि शनिबार भएको छनाटै खेलमा ९ जना छनौट भएका भीमदत्त नगरपालिकाले जनाएको छ । साइकल रेस प्रतियोगिताका लागि भएको छनौट खेलमा ९ जना छनौट भएका भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष कर्ण बोहराले बताए ।
उनकाअनुसार छौट खेलमा सहभागी २० जना मध्ये दिपक कुमार चौधरी,तपेन्द्र पुन मगर,प्रेम ओझा,अशोक धामी, निरज जोशी,कृष्ण सिंह बुढा,गंगाराम सार्की,राधिका पुजारा र खेमराज जोशी छनौट भएका छन् । उनले भने ‘छनौट भएका ९ जना खेलाडी विच फागुन १२ गते प्रतिस्पर्धा हुने छ ।’