महेन्द्रनगर । पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले कञ्चनपुरको भीमदत्त नगरपालिकाद्धारा आयोजित चौँथो शुक्लाफाँटा पर्यटन महोत्सव–२०७७ को अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा लिटिल बुद्ध एकेडेमीकी पुजा सोनार प्रथम भएकी छन् ।
पर्यटन विकासका लागि महोत्सवमा विभिन्न प्रतियोगिता तथा कार्यक्रम आयोजना गरिएका छन् ।
जसअन्तर्गत ‘पर्यटकीय सम्भावनाहरुको पुञ्ज,शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ विषयमा वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
प्रतियाोगितामा विभिन्न विद्यालयबाट सहभागी २३ जना प्रतियोगीहरुमध्ये लिटिल बुद्ध एकेडेमीकी पुजा सोनार प्रथम,रेडियन्ट माध्यमीक विद्यालयकी हिमांशी थापा द्धितिय र लिटिल बुद्ध एकेडेमीकै रोहित भट्ट तृतिय भएको भीमदत्त नगरपालिकाले जनाएको छ ।