महेन्द्रनगर । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै कञ्चनपुरको महेन्द्रनगरमा दीप प्रज्ज्वलन गरिएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेकपा प्रचण्ड–नेपाल समूहले महेन्द्रनगरको मदन चोकमा दीप प्रज्ज्वलन गरेका हुन् ।





