महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशसभाका सदस्य महेशदत्त जोशी पुनःस्थापित नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । जोशी २०७४ सालको प्रदेशसभाको निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ बाट निर्वाचित भएका थिए ।
सत्तारुढ नेकपामा आएको विभाजनसँगै उनी ओली समूहमा लागेका थिए । आइतबार सर्वोच्च अदलतले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० लाई खारेज गर्दै तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताउने निर्णय गरेसँगै जोशी पुनः स्थापित माओवादीमा लागेका हुन् ।
“राजनीतिमा नयाँ समीकरण भएको छ”, उनले भने, “गोलकारभित्रको हँसिया हथौडाबाट चुनाव जितेको थिएँ अहिले त्यहीँ फर्किएँ ।”
काठमाडौं पुनः स्थापित माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई भेटेर आफू पुरानै पार्टीमा फर्किएको जोशीले बताए ।