महाकालीमा र्याप्टिङग संचालन हुदै

महेन्द्रनगर । महाकाली नदिमा चैत ९ गते देखी ¥याप्टिङग सञ्चालन हुने भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको उत्तरी क्षेत्र खल्ला मसेट्टी स्थित महाकाली नदिमा महाकाली एड्भेन्चर प्राली. नेपाल र बुम ¥याप्टिङग कम्पनी भारतले, निड्स नेपाल, अक्सफार्म नेपाल, ट्रोसा परियोजनाको सहकार्यमा र भीमदत्त नगरपालिकाको सहयोगमा चैत ९ गते देखी ¥याप्टिङग सञ्चालन गरिने भीमदत्त नगरपालिका पर्यटन विकास समितिका सचिव दिनेश राज भट्टले बताए ।

‘यहाँको पर्यटन विकासका लागि ¥याप्टिङग सञ्चालन गरिन लागिएको हो ।’ उनले भने ‘यसले यहाँको आर्थिक तथा पर्यटन विकामा टेवा पुग्छ ।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्