महेन्द्रनगर । छिमेकी मुलुक भारतमा कोरोनाभाइरस संक्रमण दर बढेसँगै कञ्चनपुरमा पनि जोखिम बढेको छ । भारतमा संक्रमण बढेसँगै सीमा नाकामा कडाइ नगरिदा जिल्लामा जोखिम बढेको छ ।
भारतको उत्तराखण्ड स्थित पूर्णागिरीको दर्शन गरेर हजारौँ भारतिय श्रद्धालु,भत्तजन कञ्चनपुरको सिद्धनाथ मन्दिर आउने गरेका छन् । जसले गर्दा कञ्चनपुरमा कोरोना संक्रमणको जोखिम बढेको हो ।
पूर्णागिरीको दर्शन पछि नेपालको कञ्चनपुरमा रहेको सिद्धनाथ मन्दिरको दर्शन पनि गर्नै पर्ने धार्मीक परम्परा रहेको छ । त्यसैले पूर्णागिरी दर्शन गरेर श्रद्धालु भक्तजन नेपाल आउने गर्छन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले चैत १० गते देखी लागु हुने गरि जिल्लामा भिडभाड,सभा,सम्मेलन,मेला,पर्व आयोजना गर्न नपाइने र जिल्लाको गड्डाचौकी र गौरीफन्टा नाकाबाटा मात्रै सुरक्षाको मापदण्ड अपानाई आउजाउ गर्न पाइने भन्दै आदेश जारी गरेको छ ।

यद्यपी प्रशासनले उक्त आदेश कार्यान्वयन गर्न सकेको छैन । दैनिक हजारौँ भारतिय श्रद्धालुहरु बह्मदेव–टनकपुर नाका भएर नेपाल प्रवेश गर्ने गरेका छन् जसले कञ्चनपुरमा कोरोना संक्रमणको जोखिम धेरै बढेको जिल्लाको महेन्द्रनगरका स्थानियले बताएका छन् ।
यता जिल्ला प्रशासन कार्यालयले भने पूर्णागिरी मेलाको हकमा अहिले केहि निर्णय नै हुन नसकेको जनाएको छ ।
‘पूर्णागिरी मेलाको हकमा अहिले कुनै निर्णय भइसको छैन ।’ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका साहयक प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीले भने ‘अब छिट्टै मेलाको हकमा पनि निर्णय हुन्छ , सिडियो साप माथी मन्त्रालयमा यो विषयमा कुरा गरिरहनु भएको छ ।’