कञ्चनपुरमा अवधै सामान बरामद

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेलास्थित भन्सार छली गरी ल्याइएको ८७ हजार ९ सय २० मुल्य बराबरको अवधै सामान बरामद गरेको छ।

शनिबार भुजेलास्थित भन्सार छली गरी ल्याइएको मिठाइजन्य अवधै सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्वक्ता एवम् प्रहरी नाउव उपरिक्षक अमर बहादुर थापाले बताए ।

बेवारिसे अवस्थामा फेला परेको सामान कानुन बमोजिम बरामद गरी आवश्यक कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको प्रहरीले जनाएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्