कञ्चनपुरमा थप ७७ जनामा कोरोना पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ४५ पुगेको छ । शनिवार जिल्लामा थप ७७ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरको विवरण अनुसार ३० जनाको आरटी पिसिआर र ४७ जनाको एन्टिजेन रिपोर्ट गरी जम्मा ७७ जनाको पोजटिभ रिपोर्ट आएको छ ।

शनिबार जिल्लाको भीमदत्त नगरपालिकाका १८,बेदकोट नगरपालिकाका एक,पुनर्वास नगरपालिकाका ५,लालझाडी गाउँपालिकाका एक, बेलौरी नगरपालिकाका ३ र शुक्लाफाँटा नगरपालिकाका २ जना गरि ३० जनाको आरटी पिसिआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

त्यस्तै जिल्लामा थप ४७ जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म १ हजार ८ सय ४८ जना संक्रमित विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने १६ जनाको मृत्यु भइसकेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्