महेन्द्रनगर, बैशाख १४।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम प्रहरीले आजदेखि महेन्द्रनगरमा मास्क बिना हिँडडुल गर्नेलाई कारबाही थालेको छ।

पहिलो दिन आज बजार क्षेत्रमा मास्क बिना हिँडडुल गर्ने ३७ जनालाई कारबाही गरिइएको छ। कारबाहीस्वरुप उनीहरुबाट रु एक हजार ८५० जरिवाना असूल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

‘तपाईंको मास्क खै? अनिवार्य मास्क लगाउनु है’, अभियान थालनी गरेको प्रहरीले बजार र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण न्यूनीकरणका उपाय अपनाउन माइकिङसमेत गरिरहेको छ।

शुरुमा प्रहरीले ८०–९० जनालाई सम्झाइबुझाइ गरेर छाडेकोसमेत जनाएको छ।



