महेन्द्रनगर १४ बैशाख । कञ्चनपुरमा कोरोना संक्रमितको आँकडा दिन प्रतिदिन बढिरहेका बेला मंगलवार थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संख्या अहिले सम्मकै उच्च हो । महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा भीमदत्त नगरपालिकामा ३७ जना, शुक्लाफाँटा, बेलडाँडी, कृष्णपुर, र बेलौरीमा २(२ जना, र वेदकोटमा ३ जना गरि ५१ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भटटले जानकारी दिईन् ।
यस्तै, सिमा नाका गडडाचौकीमा गरिएको ऐन्टिजिनमा ३५ जना महाकाली अस्पतालमा १३ जना, शुक्लाफाँटामा ६ जना, भिमदत्त नगरपालिकामा १३ जना, गरी जम्मा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएकोे जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर भटटले जानकारी दिईन् ।
मंगलवार भिमदत्त नगरपालिकामा थप ५० जनामा कोरोना पुष्टि भएको छ पिसिआर परिक्षणबाट ३७ जना र अन्य १३ जना ऐन्टिजिन परिक्षणबाट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ९५ पुगेको छ भने, ऐन्टिजिनबाट परिक्षण गर्दा ७ सय ११ जनामा कोरोना पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या २ सय ३१ रहेको छ भने, कोरोना बाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।