लकडाउन कडाईसाथ कार्यान्वयन गराउँदैँ वडा प्रहरी, मेडिकल र खाद्यन्न पसल पनि चेकजाँच

महेन्द्रनगर १९ बैशाख ।
वडा प्रहरी कार्यालय महेन्द्रनगर लकडाउनलाई कडाईका साथ कार्यान्वय गर्न लागि परेको छ । कञ्चनपुरमा नयाँ भेरियन्टको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि लकडाउन गरिएको छ । लकडाउनको अवज्ञा हुन नदिन वडा प्रहरी सक्रिय रुपमा खटिएको हो ।


आईतबार बिहान वडा प्रहरीले महेन्द्रनगर बजार क्षेत्रका खाद्यन्न तथा मेडिकलहरुमा पनि छड्के चेकजाँच गरेको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक अमर बहादुर माझीले बताए । उनका अुनसार स्वास्थ्य सुरक्षा मापदण्डलाई ध्यानमा राखेर खाद्यन्न र मेडिकल पसलहरुमा चेकजाँच गरिएको हो ।


चेकजाँचका क्रममा १५ वटा पसल सञ्चालकलाई सम्झाई बुझाई गरिएको छ । उनिहरुलाई स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालन गर्न र मुल्य सुचि राख्न सचेत गराईएको छ । वडा प्रहरीले कोरोनो संक्रमण नियन्त्रणका लागि जनचेतना मुलक कार्याक्रमसँगै लकडाउनको अवज्ञा हुने नदीन सक्रिय रुपमा लागि परेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्