कैलालीमा बैशाख ३० गतेसम्म लम्बियो लकडाउन

कैलाली- कैलालीमा जारी निषेधाज्ञा बैशाख ३० गतेसम्मका लागि लम्बिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले निषेधाज्ञाको समय थप गरेको हो।

पहिलो चरणमा बैशाख १६ गतेदेखि २२ गतेसम्म जारी गरिएको थियो। अब एक साता थप गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए।

कैलालीमा संक्रमणको दर निरन्तर उकालो लागेको बताउँदै प्रमुख जिल्ला अधिकारी रिजालले संक्रमणको चेन ब्रेक गर्नको लागि कम्तीमा १५ दिन निषेधाज्ञा गर्नुपर्ने विशेषज्ञको सल्लाह अनुसार समय थप गर्न डीसीसीएमसीले निर्णय गरेको बताए ।

केन्द्रीय सरकारको मन्त्रिपरिषदले ५ सय बढी संक्रिय संक्रमित रहेको तराईको जिल्लामा निषेधाज्ञा गर्न निर्देशन दिएपछि थप गरेको प्रजिअ रिजालले जानकारी दिए। कैलालीमा १ हजार बढी संक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्