महेन्द्रनगर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा अहिले अक्सिजनको अभाव रहेको छ । अस्पतालका व्यवस्थापन समितीका अध्यक्ष कृष्ण दत्त जोशी (बोक्सर) ले अस्पतालमा कोरोना(कोभिड–१९)बिमारीहरूको चाप दिन प्रति दिन तिब्र गति बढ्दै गरेको अबस्थामा अक्सिजन अभाव हुदैँ गएकाले सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोगको अपील गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन् ‘महाकाली प्रादेशिक अस्पतालमा कोरोना(कोभिड–१९)बिमारीहरूको चाप दिन प्रति दिन तिब्र गति बढ्दै गरेको अबस्थामा अक्सिजनको खपत ३५–४० सिलेण्डको हाराहारी लाग्दै गरेको कारण सिलेण्डरको अभाबलाई कमि गर्न खाली सिलेण्डर कसै सँग (बेल्डिड. पसल,ब्यक्तिगत,सँग÷सस्थाहरू)छ भने अस्पतालमा सम्पर्क गरी सहयोग गर्न हार्दिक अपिल गर्दछौँ ।’
अस्पतालमा रहेको अक्सिजन प्लान्टले १५ वटा दैनिक उत्पादन गरे पनि उक्त मात्राले उपचारमा समस्या भईरहेको अस्पतालले जनाएको छ । अस्पतालमा अक्सिजनको अभाव भएर नै अहिले बिरामीहरुलाई सेती प्रादेशिक अस्पताल तथा डडेल्धुरा सम्म पनि रिफर गर्नुपर्ने बाध्यता छ ।