भीमदत्तद्धारा अक्सीजन आपुर्ती गर्न महाकाली अस्पताललाई २० लाख सहयोगको प्रतिवद्धता

महेन्द्रनगर १९ बैशाख ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई २० लाख सहयोगको प्रतिवद्धता जनाएको छ ।


नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना संक्रमितको संख्या बढ्दै गएकाले अक्सीजनको आपुर्ती सहज बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले महाकाली अस्पताल व्यवस्थापन समितिलाई २० लाख सहयोग गर्न नगरपालिका तयारको त्यसका लागि सहयोग पक्रिया थाल्न आग्रह गरेका छन् ।

‘अस्पतालका अक्सीजन अभाव हुन थालेपछि त्यसको सहज आपुर्ती गर्ने नगरपालिकाले सहयोग गर्न लागेको हो ‘ नगर प्रमुख विष्टले भने ‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठीत निर्देशन तथा समन्वय समितिको निणर्य अुनसार अस्पताललाई सहयोगको प्रतिवद्धता गरेका छौँ ।’ अस्पतालले सहयोग पत्र पठाउने बितिक्कै नगरपालिकाले सहयोग रकम हस्तान्तरण गर्ने नगर प्रमुख विष्टको भनाई छ ।

सहयोग आग्रहका लागि अस्पताललाई पत्र पठाउन भनिएको छ । उक्त रकमबाट अक्सीजन प्लान्ट स्थापना एंव्म सिलिन्डर खरिद गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्