महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाले जिल्ला स्थित महाकाली अस्पताललाई १० लाख आर्थिक सहयोग गरेको छ ।
विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण न्यूनिकरणका लागि आर्थिक सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।
कोरोेना भारइरस न्यूनिकरणका लागि अक्सिजन लगाएतका स्वास्थ्य सामाग्री खरिदका आज लागि १० लाखको चेक महाकाली अस्पताललाई हस्तान्त्रण गरिएको नगरप्रमुख अशोक कुमार चन्दले बताए ।
पछिल्लो समय जिल्लामा कोरोनाका विरामी बढ्दै गएकाले अस्पतालमा अक्सिजनको अभाव बढ्दै गएको छ ।