महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अब अनलाइन मार्फत नै सवारी पास दिने भएको छ ।
विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण न्यूनिकरणका लागि जिल्लामा लकडाउन भएको सन्दर्भमा विवाह लगाएतका अत्यावश्यक कामका लागि आवश्यक पर्ने सवारी पास अब अनलाइन मार्फत नै दिइने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
सेवाग्राहीको सहजता तथा कार्यालयमा हुने भीडभाडलाई समेत मध्यनजर गर्दै जिल्ला प्रशासनले दिदै आएको अतयावश्यक सवारी पास अब अनलाइन मार्फत दिइने प्रशासकिय अधिकृत कृष्णानन्द जोशीले बताए ।
उनका अनुसार अनलाइन मार्फत पास प्राप्त गर्न आवश्यक कागजात तथा विवरण यस कार्यालयको इमेल ठेगाना daokanchanpur75@gamil.com मा पठाउन सकिन्छ ।