महेन्द्रनगर १९ बैशाख ।
कञ्चनपुरमा नयाँ भरियेन्टको कोरोना भाईरसको संक्रमण दिनप्रति दिन बढ्दैँ गईरहेको पाईएको छ ।
आईतवार जिल्लामा थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यायल कञ्चनपुरले जनाएको छ ।
महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा ५१ जना र ऐन्टिजिन परिक्षणमा ४४ जना गरी ९५ जनामा कोरोना संक्रमिण पुष्टि भएको हो ।
पिसिआर परिक्षणबाट भीमदत्त नगरपालिकामा ४० जना, शुक्लाफाँटामा ५ जना, , वेदकोटमा २ जना, र लालझाँडी, कृष्णपुर, बेलौरी बेलडाँडीमा मा १\१ जना गरी ५१ जना, त्यसै गरी ऐन्टिजिन परिक्षणमा गडााचौकीमा ५ जना र भीमदत्त नगरपालिकामा गरिएको परिक्षणमा ३९ जना गरी ९५ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भटटले जानकारी दिईन् ।
आईतवार भिमदत्त नगरपालिकामा थप ७९ जनामा कोरोना पुष्टि भएको छ पिसिआर परिक्षणबाट ४० जना र ऐन्टिजिन बाट ३९ जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ८५ पुगेको छ भने, ऐन्टिजिनबाट परिक्षण गर्दा ८ सय ५१ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या ४ सय ३ रहेको छ भने, कोरोना बाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।
५ कोरोना संक्रमितको मृत्यु
आईतबार पाँच जनाको कोरोना संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनमा ४ जना भीमदत्त नगरपालिका र एक जना बेलडाँडी गाउँपालिकाका रहेका छन् ।
१० जनाले कोरोना जिते कोरोना
त्यस्तै आईतबार कञ्चनपुरका १० जना कोरोना संक्रमितले कोरोना जितेर घरफर्किएका छन् ।
अन्य सेवा बन्द हुने सुचनामार्फत जानकारी गराएको हो ।
यस्तो सुचना ।