माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, बुधबार पत्र पठाईने

काठमाडौं, बैशाख २१
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। आज बसेको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेता वर्षमान पुनले नेपालखवरलाई बताए।

वुधबार औपचारिक पत्र पठाएर समर्थन फिर्ता गरिने उनले बताए। माओवादीले अझैपनि वैकल्पिक सरकारको सम्भावना कामयै रहेको निष्कर्ष निकालेको छ।

लुम्बिनी सरकारलाई असंवैधानिक रहेको नेकपा माओवादीको घोषणा गरेको छ। नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा गरिएको मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति असंवैधानिक रहेको निष्कर्ष निकालेको हो।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्