महेन्द्रनगर २२ बैशाख ।
पछिल्ला दिनहरुमा कोरोना संक्रमणबाट दैनिक मृत्यु भईरहेको कञ्चनपुरमा बुधबार मृत्यु हुने संक्रमितको संख्या शुन्यमा झरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा बुधबार ८६ जनामा संक्रमण पुष्टी भएको छ । ११ जनामा पिसिआर र ७५ जनामा अन्टीजेन परिक्षणका क्रममा संक्रमण पुष्टी भएको हो ।
त्यस्तै १ सय १९ जना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् ।

