अधिवक्ता भट्टद्धारा महाकाली अस्पताललाई ५० हजार सहयोग

महेन्द्रनगर २५ बैशाख ।
कञ्चनपुर कानुन व्यवसायी अधिवक्ता विनोद कुमार भट्टले महाकाली अस्पताललाई ५० हजार सहयोग गरेका छन् । शुक्रबार अधिवक्ता भट्टले चेकमार्फत महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर) लाई उक्त सहयोग रकम पठाएको हुन् ।


कोरोना भाईरसको संक्रमण दिनप्रति दिन बढी रहेको र अस्पतालमा अक्सीजनको समस्या रहेकाले त्यसको व्यवस्थापनमा मद्दत पुग्ने गरि सहयोग गरेका उनले सहयोग गरेका हुन् ।

साथै अधिवक्ता भट्टले उक्त रकमले अक्सीजन आपुर्ती गर्न सहज हुने अपेक्षा राख्दै ले संक्रमितले शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । अस्पतालमा विभिन्न दाताहरुको सहयोगमा अक्सीजन आपुर्ती भईरहेको छ ।

अस्पतालमा भर्ना भएको अधिकांश बिरामीलाई अक्सीजन अत्याआवश्यक भएको छ । अधिवक्ता भट्ट जिल्लाका युवा व्यवसायि पनि हुन । उनले महेन्द्रनगरमा महामाया टे«ड एण्ड सप्लायर्सका पनि सञ्चालन गदैँ आएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्