महाकाली नदीमा बाढी, १० जनाको सकुसल उद्दार

महेन्द्रनगर। कञ्चनपुरको भिमदत्त न.पा. १२ ओदाली स्थित महाकाली नदीमा एक्कासी बाढी आएका कारण त्यहाँ काम गर्ने कामदारहरु नदिको बीच फसेका हुन।

“करिब ०८:०० बजेतिर कामदारहरु बीच नदीमा फसेको जानकारी प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालयबाट प्र.नि.ज्ञानेन्द्र बहादुर सिंहको कमाण्डमा बिपदब्यवस्थापन गुल्म महेन्द्रनगर र ई.प्र.का.गड्डाबाट प्रहरी टोली गई उक्त स्थानमा नेपाली सेना र स.प्र.बल समेतको टोलीले डुबानमा परेका कामदारहरुलाई करिब १२:३५ बजे स-कुसल उद्धार गरी सुरक्षित स्थानमा राखेको” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिएका छन।

नदीको बिचमा फस्नेहरुमा कैलालीको टिकापुर न.पा. वडा न.६ बस्ने ९ जना र भि.न.पा. १९ बस्ने १ जान गरि १० जना कामदार रहेको उनले जनाएका छ्न।

  1. ४० बर्षीय शमसेर पुनमगर
  2. २५ बर्षीय बिष्णु पुनमगर
  3. २८ बर्षीय दिनेश पुनमगर
  4. ३९बर्षीय जित ब.पुनमगर
  5. १९ बर्षीय आनन्द पुनमगर
  6. ४९ बर्षीय आस ब. बि.क.
  7. २५ बर्षीय गोबिन्द रोक्कामगर
  8. ६० बर्षीय बलबिर घर्तीमगर
  9. ३८ बर्षीय ओमलाल मगर
  10. भि.न.पा. १९ बस्ने ४० बर्षीय को मनिराज जोशी

बाढीका कारण कुमार सियत ईसिजेभी निर्माण फर्मले सडक निर्माणको लागी महाकाली नदी किनारमा राखेका करोडौका बिभिन्न समानहरु पनि बगाई पुर्ण रुपमा क्षति भएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्