महेन्द्रनगर ७ जेठ । नागरिक सुशासन समाज कञ्चनपुरले वृद्ध सेवा केन्द्रलाई सहयोग वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ । शुक्रबार लकडाउनले समस्यामा परेको वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग गरिएको हो ।
भिमदत्त नगरपालिका वडा न ५ बनखेत स्थित महिला तथा बृद्ध सेवा केन्द्रलाई समाजले सहयोग गरेको भ्रष्टाचार तथा समाजिक अभियान्ता डम्मर राज भट्टले बताए । उनका अनुसार “तपाईकाे दान हाम्रो प्रयास”असाहाय वृद्ध वृद्धाहरूकाे नयाँ जीवन “….भन्ने मुल नाराकासाथ जिल्ला कार्यसमितिका अध्यक्ष गणेश भण्डारीको नेतृत्वमा राहत संकलन गरिएको हो ।
राहत संकलन कार्यमा नागरिक सुशासन समाज कञ्चनपुरका जिल्ला कार्य समितिका सदस्यहरुले सहयोग गरेका छन् । समाजले हस्तान्तरण गरेको राहत सामाग्रीमा चामल, दाल ,तेल, अण्डा, साबुन,बिस्कुट रहेको छ । अभियान्ता भट्टले समाजको सानो प्रयासबाट लकडाउनले समस्यामा परेका वृद्ध आमा बुवालाई राहत मिलेको बताए ।
राहातका लागि आर्थिक सहयोग गर्नेमा नमादेउ स्टिल आल्मुनियम का सञ्चालक तथा समाजसेवि पुष्पराज भट्ट, नागरिक सुशासन समाज जिल्ला अध्यक्ष गणेश भण्डारी, उपाध्यक्ष भुमिराज भट्ट, जिल्ला कार्यसमिति सह सचिबव प्रेम रावल, इन्जिनियर रविन खड्का, नवीन भट्ट, प्रदेश कार्यसमिति सदस्य तारा बोहरा, जिल्ला कार्यसमिति सदस्य हेमा धामि लगायतका रहेका छन् ।
त्यस्तै कृष्णपुर गुलरिया निमेष अस्पताल प्रा.लि का सञ्चालक डा. फुलराम चौधरिले मास्क र सेनिटाईजर उपलब्ध गराएका छन् । अभियानता भट्टले उक्त आश्रम संचालन समिति अध्यक्ष शारदा चन्दलाई हस्तान्तरण गरिएको बताए ।