काठमाडौं । संसद विघटनको विपक्ष र कांग्रेस सभापति शेरबहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्रीको सपथका लागि बाटो खोल्नुपर्ने मागसहितको रिटमा माधव पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् ।
माधवपक्षीय सांसद निरादेवी जैरुका अनुसार अहिलेसम्म २३ सांसदले हस्ताक्षर गरिसकेका छन् । ‘अरु पनि आउने क्रम जारी छ । यो संख्या बढ्छ’, उनले भनिन् । सांसदहरू कानूनविद्को सहयोगमा सिंहदरबारमा वारेसनामा तयारीमा लागेका छन् । कांग्रेस संसदीय दलको कार्यालयमा २३ जनाको हस्ताक्षर र वारेसनामा पुगिसकेको र अन्यको नागरिकता मगाइएको जैरुले बताइन् ।
माधव नेपाल पक्षका प्रभावशाली नेता योगेश भट्टराई र गोकर्ण विष्टले भने रिटमा हस्ताक्षर गरेका छैनन् ।
हेर्नुस् रिटमा हस्ताक्षर गर्ने सांसदको सूची
-. विरोध खतिवडा,
-जीवनराम श्रेष्ठ,
– घनश्याम भुसाल,
– सोमप्रसाद पाण्डे,
– कृष्णलाल महर्जन,
– झपट रावल,
– निरादेवि जैरू,
– सरला यादव,
– कल्याणी खड्का,
– लक्ष्मी चौधरी,
– माधव नेपाल,
-भीम रावल,
– कलिला खातुन,
– रामकुमारी झाँक्री,
– झलनाथ खनाल,
– पुष्पा कर्ण कायस्थ,
– भवानी प्रसाद खापुङ,
– यज्ञ सुनुवार,
– पवित्रा निरौला,
– मुकुन्द न्यौपाने,
-मेटमणि चौधरी,
– दिपक प्रकाश भट्ट,
– नारायण खतिवडा

