कञ्चनपुरमा थप ६ जनाको कोरोनाका कारण मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ५१ पुगेको छ । जिल्लामा सोमबार थप जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङक अनुसार जिल्लाको भीमदत्त नगरपालिका–११ की ६५ वर्षिया महिला,वडा नम्बर ५ का ३५ वर्षिय पुरुष,बेलौरी नगरपालिका–१ का ४५ वर्षिय पुरुष, वडा नम्बर ६ की ५४ वर्षिया महिलाको मृत्यु भएको छ ।

यस्तै कृष्णपुर नगरपालिका–५ का ५१ वर्षिय पुरुष र बझाङ जिल्लाका ८७ वर्षिय पुरुष गरि ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्