महेन्द्रनग ११ जेठ ।
विपद् व्यवस्थापनका क्षेत्रमा लामो समयदेखि क्रियाशिल रहेको सामाजिक संस्था निड्स नेपाले कोरोना संक्रमण दास्रो लहरमा पनि महाकाली अस्पताललाई ठुलो मात्रामा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । निड्स नेपालले पछिल्लो समयमा कोरोना संक्रमितको उपचारमा अभाव देखिएको अक्जीजन सिलिन्डरसहित अन्य अत्याआवश्यक स्वास्थ्य सामाग्री गरेको हो ।

कोभिड प्रतिकार्य कार्यक्रम अन्र्तगत केयर नेपालसँगको साझेदारीमा महाकाली अस्पताललाई सहयोग सामाग्री मंगलबार हस्तान्तरण गरिएको परियोजना संयोजक केशव कुमार मलाशीले बताए । उनका अनुसार केयर नेपाल र निड्स नेपालको साझेदारीमा सञ्चालित मानवीय सहयोग साझेदारी पर्वद्धन मञ्च मार्फत कोभिड–१९ प्रतिकार्य कार्यक्रम अन्तरगत महाकाली अस्पताललाई २० वटा (४० लिटर क्षमता ) अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो ।

त्यस्तै केयर नेपाल, निड्स नेपाल र कोलगेटको साझेदारीमै कोभिड–१९ प्रतिकार्य कार्यक्रम अन्तरगत महाकाली अस्पताललाई स्वास्थ्य तथा सरसफाई सामाग्री सहयोगमा संयोजक मलासीको भनाई छ । जसअन्र्तगत १२ वटा (१० लिटर क्षमता ) अक्सिजन सिलिन्डर सहित ह्यान्ड सेनिटाईजर, सर्जिकल मास्क, एन ९५ मास्क, स्वाब संकलन किट, पिपिई सेट, शव व्यवस्थापन ब्याग लगायतका स्वास्थ्य सामाग्री रहेका छन् । संयोजक मलाशीका अनुसार महाकाली अस्पतालाई १३ लाख ५ हजार बढीको स्वास्थ्य सामाग्री खरिद गरि हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा जिल्ला विपद् सम्पर्क व्यक्ति कृष्णानन्द जोशीले महामारीको समय निड्सबाट पाएको सहयोगले ठुलो राहात मिलेको बताए । उनले निड्स नेपाल विपद् व्यवस्थापन कार्यमा जिल्लाकै सहयात्री संस्थाको रुपमा रहेको उल्लेख गदैँ प्राप्त स्वास्थ्य सामाग्रीले संक्रिमत र स्वास्थ्यकर्मीलाई सेवामा सहज हुने बताए । साथै उनले अगामी दिनमा पनि सहयोगको अपेक्षासहित साझेदार संस्थालाई धन्यवाद दिए ।

त्यस्तै अस्पतालका प्रमुख डाक्टर हरिकुमार श्रेष्ठले सबैतिर अक्सीजन सिलिन्डरको अभाव रहेका बेला निड्सबाट प्राप्त स्वास्थ्य सामाग्री सहयोग कार्य निकै सराहनीय रहेको बताए । उनले प्राप्त सामाग्रीले अस्पताललाई उपचार व्यवस्थापन कार्यमा सहज हुने बताए । साथै अगामी दिनेमा पनि खानेपानी, फोहोरमैला व्यवस्थापन लगायतको क्षेत्रमा पनि अस्पतालले सहयोग अपेक्षा राखेको उनको भनाईछ ।
निड्सका कार्यकारी निर्देशक भवराज रेग्मीले विषम परिस्थितिमाको सामना गर्न र नागरिकको जीवन रक्षाका लागि साझेदार संस्थाहरुसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको बताए । साथै अन्य संस्थाहरुसँग पनि सहयोगका लागि सहकार्य भईरहेको उनले बताए । समाज कल्याण परिषदले निर्देशक रेग्मीलाई सुदुरपश्चिमका स्वास्थ्य संस्थामा बाह्य सहयोग र अवस्थाबारे जाँचबुझ गर्न जिम्मेवारी समेत दिएको छ ।

निड्स नेपालले पहिलो चरणको कोरोना महामारीमा पनि सुदुरपश्चिका सवास्थ्य संघ संस्थाहरु स्वास्थ्य सामाग्री र खानेपानिमा सहयोग गरेका थियो भने विपन्न वर्गका परिवारका लागि राहत प्याकेजका कार्यक्रम समेत सञ्चालन गरेको थियो ।
निड्स नेपालकी अध्यक्ष अञ्जु जोशी भट्टले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको कार्यक्रममा उपाध्यक्ष लोकेन्द्र प्रसाद जोशी, कार्यकारी निर्देशक भवराज रेग्मी, अस्पताल विकास समिति सदस्य कष्णानन्द जोशी, टिम लिडर नीरज कुमार थारु, विनोद कडारा, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव रामसिंह ठगुन्ना लगायतको उपस्थिति रहेको थियो ।
हस्तान्तरण गरिएको सहयोग स्वास्थ्य सामाग्री
