कृष्ण प्रणामी सेवा धाम र मानव सेवा आश्रमलाई सुशासन समाजद्धारा राहात वितरण

महेन्द्रनगर १६ जेठ ।
कृष्ण प्रणामी सेवा धाम गुलरिया र मानव सेवा आश्रम धनगढीलाई राहात वितरण गरिएको छ । नागरिक सुशासन समाज कञ्चनपुरले विभिन्न दाताहरुबाट संकलित राहात हस्तान्तरण गरेको हो ।


सेवा नै धर्म हो भन्ने मुल नाराका साथ जिल्ला कार्यसमिति अध्यक्ष गणेश भण्डारीको नेतृत्व राहात संकलन गरिएको थियो । कोभिड महामारिको बेलामा परेको समस्यालाई मध्यनजर गरि गणतन्त्र दिवसको अवसरमा कृष्ण प्रणामी सेवाधाम अनाथ आश्रम कृष्णपुर र धनगढी उपमहानगरपालिका स्थीत मानवसेवा आश्रमलाई २५ हजार २०० बराबरको खाद्यान्न समाग्री वितरण गरिएको सुशासन समाजका अभियान्ता डम्मर राज भट्टले बताए ।


उनका अनुसार आगामिक दिनहरूमा पनि समाजले अभियानलाई निरन्तरण दिनेछ । राहातका लागि सहयोग गर्नेमा गणेश खड्का, प्रबिन चन्द, संचिब चौधरि, वसन्त बोहरा, शंकर दत्त जोशि, वीर बहादुर बोहरा,नरेश भट्ट, तारा बोहरा, भुभिराज भट्ट, हरेन धिक्त, अनिल खड्का,जयन्द बा्हरा र हेमा धामी रहेका छन् । साथै अभियान्ता भट्टको पहलमा राहात वितरणका लागि पहल हुदैँ आएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्