महेन्द्रनगर १६ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा अध्ययरत रहेको विद्यार्थीलाई घर पठाईएको छ । कञ्चनपुरका नेवि संघ नेता ईन्द्र साउदको पहलमा दार्चुलाका विद्यार्थीलाई घर पठाईएको हो ।
शुक्रबार ४५ जना विद्यार्थीलाई दार्चुलाको महाकाली नगरपालिकासँगको सहकार्यमा उनिहरुलाई घर पठाईएको हो ।
विद्यार्थी नेता साउदले लकडाउनका कारण समस्यामा परेको विद्यार्थीलाई घर पठाईएको बताए । उनका अनुसार महेन्द्रनगरमा भाडामा बसेर अध्ययनरत रहेको विद्यार्थीलाई बसको व्यवस्था गरि घर पठाईएको हो ।
नेवि संघ नेता साउदको पहलमा यस अघि पनि दार्चुलाको लेकम गाँउपालिका र शैल्यशिखर नगरपालिकाका विद्यार्थीलाई घर पठाईसकिएको छ भने अन्य स्थानीय तहका घर फर्कन चाहाने विद्यार्थीलाई प्रशासन र सम्बन्धीत स्थानीय तहसँगको समन्वयमा घर पठाईने उनको भनाई छ ।