कोरोनाको कहरमा लकडाउन विकल्प कि बाध्यता ?

-केशव कुमार मलाशी

वर्तमान अवस्था विश्व कोरोनाको महामारीका लागि युद्दको मरभुमीमा डटिरहेको छ । विश्वका विभिन्न क्षेत्रको तथाङ्क सार्वजनिक गर्ने वल्र्ड मिर्टस ईन्फोका अनुसार यो लेख तयार पारिसक्दासम्म आईपुग्दा विश्वमा करिब २१५ देशका करिब ६२,६८, ५५७ मानिसहरुलाई सक्रमितको चपेटामा पारिसकेको यो महामारीले करिब ३, ७३, ९८० मानिसको ज्यान लिईसकेको छ भने २८, ४८,६४९ मानिसहरुले कोरोनालाई जित्न सफल भईसकेका छन ।


२१ औ शताब्दीको सर्वक्षेष्ठ जातिको रुपमा रहेको मानव जातिले अन्तरिक्ष यानमार्फत चन्द्रमा तथा मगंल ग्रहको भम्रण गर्न त सफल भयो तर कोरोनाले गरिरहेका विश्व भ्रमणलाई रोक्न सकिरहेको छैन।

पहिलो चरणहरुमा विकसित देशहरुलाई आक्रान्त पारिरहेको यो महामारीले अब विकासील तथा अविकसित देशहरुको भयावह स्थितीको सिर्जना गर्नका लागि कोरोनाको भुमिका कस्तो भईरहेको छ भन्ने कुरा स्पष्ट चित्रमा आईसकेको छ ।

पहिलो चरणहरुमा विकसित देशहरुलाई आक्रान्त पारिरहेको यो महामारीले अब विकासील तथा अविकसित देशहरुको भयावह स्थितीको सिर्जना गर्नका लागि कोरोनाको भुमिका कस्तो भईरहेको छ भन्ने कुरा स्पष्ट चित्रमा आईसकेको छ ।

यही परिस्थिीतीलाई मध्यनजर गरी कोरोनाको कहरका विच लकडाउन अवस्थालाई सुक्ष्म तरिकाले यहाँ विश्लेषण गर्न खोजिएको छ ।
कुनैपनि प्रकोप, विपद तथा महामारी तब मात्र अझ विकराल बन्न पुग्छ जब हामी सो विपदको पुर्व तयारी, विपदका बेलाको व्यवस्थापन तथा विपद पश्चातका बारेमा अनभिज्ञतासँगै सचेतनाको अभाव हुन्छ। आज सँसारभर कोरोनाको कहर यसरी नै विकराल रुप लिएर विश्वभ्रमणका लागि द्रुत गतिमा दौडिरहेको छ ।


विपद आफै बाजा बजाएर त आउदैन तर साकेतिक रुपमा यसले पार्ने असर र प्रभावका बारे हामीलाई सुरुवाती चरणमै सचेत र सजगताका लागि झक्झकाईरहेको हुन्छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको कहरले पनि सुरुवाती चरणमा नै आफनो भयानकता प्रस्तुत गरिसकेको थियो ।
चीन जस्तो आर्थिक रुपमा विश्व महाशक्तिको राष्ट्रको रुपमा उदयमान भईरहदापनि वुहान शहर बन्दाबन्दी गर्देगर्दा अरबौ खरबौको क्षतिको सामना गर्न पुग्यो ।

युरापेली र उत्तर तथा दक्षिण अमेरीकी राष्ट्रहरुले यो कुरालाई नजर अन्दाज गर्दा यो महामारी कुनै लेखाजोखा नै गरेनन फलस्वरुप आज त्यसैको नतिजा गम्भीर बन्दै गएको प्रमाण हाम्रै अगाडि छ ।

नेपालको परिपेक्ष्यमा कोरोनाको प्रभाव लाई विविध क्षेत्रहरुमा विश्लेषण गर्दा लकडाउनको ६८ औ दिनसम्मको परिस्थीती चित्रण र कोरोना परिक्षण तथा उपचारको अवस्थाको बिचको तालमेल नमिलेको हो कि भन्ने कुराहरु पनि आम जनमानसमा उठन थालेका छन ।


डाईनोसोरको विलय जस्तै मानव जातिको विलयको संकेत त होईन यो भन्नेसम्मको चर्चाहरु मानववृतमा चलिरहेका छन । यतिबेला मानव जातिले ईतिहासका विभिन्न कालखण्डमा भोग्दै आएका चुनौतीहरु मध्ये कोरोना सिर्जित महाव्याधि अवस्था आगामी पुस्ताका लागि अन्यन्त डरलाग्दो र अल्कपनिय क्षतिका रुपमा ईतिहासमा दर्ज हुने संकेत देखाईरहेको छ ।


आधुनिकताकरण र विश्वव्यापिकरण एक बनाएको विश्व आज छुटाछुट्टै लकडाउनको कारणले छिद्र छिद्रमा विभक्त हुनुको भयानक दृश्यले पक्कैपनि विकासको सिद्धान्तलाई एकफेर गहिरिएर विश्लेषण गर्ने बनाएको छ ।


नेपालको परिपेक्ष्यमा कोरोनाको प्रभाव लाई विविध क्षेत्रहरुमा विश्लेषण गर्दा लकडाउनको ६८ औ दिनसम्मको परिस्थीती चित्रण र कोरोना परिक्षण तथा उपचारको अवस्थाको बिचको तालमेल नमिलेको हो कि भन्ने कुराहरु पनि आम जनमानसमा उठन थालेका छन ।

कोरोनाको सकसभन्दा बढी लकडाउनको समयमा सर्ने सर्ने रोगको शोकले कि भोकले मान्छे मर्ने भन्ने कुरा जनमानसमा चिन्ता र सरकारलाई चुनौतीको विषयका रुपमा अघि सरिरहेको छ। बजारमा खाधसँकट,कालोबजारी र बढदो महँगीले समस्याको अग्निकुण्डमा घिउ थप्ने कामले विषम परिस्थिीतीलाई मलजल गरिरहेको त छदै छ ।


उच्च र मध्यम स्तरका वर्गहरुलाई लकडाउनको अवस्थाले घरमै आराम र व्यायामको वातावरणमा राखेपनि निम्न दैनिक ज्याला मजदुरीमा भर पर्ने वर्गका लागि लकडाउन बाध्यताम्क परिस्थीतीको सजाय बन्नु गईरहेको देखिन्छ ।

लकडाउन विकल्प हो कि बाध्यता, यही कुराको गुमराहमा रुम्लीरहेको सरकारले कोरोना विरुद्धको अचुक अस्त्रका रुपमा ६८ दिनदेखी जारी लकडाउन शनिबार बसेको मन्त्रिपरिषद बैठक बाट फेरी जेठ ३२ गतेसम्म निरन्तरता दिनेगरी बढाईसकिएको छ ।


विना विकल्प लम्बाईएको लकडाउनकै अवधिमा हाल ३ अकंमा बढदो दैनिक सक्रमित सख्ँया र मृतकको सँख्या बढदै गर्दा यसले पार्ने तत्कालका असर र दुरग्रामी प्रभावहरु अन्तयन्त जटिल र भयावह स्थितीको सिर्जना हुने आँकलन हरु पनि गर्न थालिएका छन ।

विश्व बैकँको नेपालको आर्थिक विकास विश्लेषण २०२० अनुसार कोरोनाले गर्दा बैदेशिक रेमीटयान्स, व्यापार, उधोग, पर्यटन तथा अन्य क्षेत्रमा पारेको प्रभावले आर्थिक वृदि १.५ देखी २.८ प्रतिशतमा झर्नेसँगै कुल जनँसख्याको ३१.२ प्रतिशत चरम गरिबीको मारमा पर्ने अनुमान गरिएको छ ।


लकडाउनले गर्दा देशको शिथिल भएको अर्थतन्त्र क्षेत्रले जनताको जिवीका धराशयी त हुने डर एकातिर छ भने अर्कातिर कोरोना सक्रमणको बढदो अवस्थाले जनताको जिवन भयावहता तिर धकेल्ने हो कि आशँकाका काला बादलहरु नेपालको आकाशमा मडारिरहेको छ ।


स्वास्थ विज्ञहरुका अनुसार कोरोनाले मानवको रोग प्रतिरोध्त्मक प्रणालीमा असर गर्ने र सो को मजबुतीका लागि दैनिक पोषणयुक्त आहारविहारमा ध्यान दिनुपर्ने बताईरहदा के ति दैनिक दुई छाकका लागि ज्याला मजदुरी गर्ने वर्गको भोको पेटलाई लकडाउनको निरन्तरताले कसरी सम्बोधन गर्न सक्छ होला र ? प्रश्न आफैमा गहन र मननीय छ ।

सो लाँखौको सँख्यामा आईरहेका मानिसहरुको तत्काल अवस्थामा क्वारेनटाईनको उचित र सुरक्षित व्यवस्थासँगै व्यापक कोरोना परिक्षण र दीर्घकालिन रुपमा रोजगारीको व्यवस्था हुन नसक्दा त्यसले पार्ने प्रभाव लेखोजोखा गरि साध्ये नहोला । सरकारले बेलाबेलामा भन्ने गरेको लकडाउनको शैली परिवर्तन एकादेशको गाँउ खाने कथा जस्तै हुन आएको छ ।


कोरोनाको सकसभन्दा बढी लकडाउनको समयमा सर्ने सर्ने रोगको शोकले कि भोकले मान्छे मर्ने भन्ने कुरा जनमानसमा चिन्ता र सरकारलाई चुनौतीको विषयका रुपमा अघि सरिरहेको छ। बजारमा खाधसँकट,कालोबजारी र बढदो महँगीले समस्याको अग्निकुण्डमा घिउ थप्ने कामले विषम परिस्थिीतीलाई मलजल गरिरहेको त छदै छ ।


विकासका अन्य क्षेत्रहरु शिक्षा, भौतिक पुर्वाधार, सामाजिक विकास लगायतका क्षेत्रमा पु¥याउन सक्ने क्षति आकँलन अझ बढी गम्भीर देखिन्छ । रोजगारीका लागि विदेश गएका वर्गहरुको देश फर्किने क्रम लाखौको सख्ँयामा जारी रहेको छ ।


सो लाँखौको सँख्यामा आईरहेका मानिसहरुको तत्काल अवस्थामा क्वारेनटाईनको उचित र सुरक्षित व्यवस्थासँगै व्यापक कोरोना परिक्षण र दीर्घकालिन रुपमा रोजगारीको व्यवस्था हुन नसक्दा त्यसले पार्ने प्रभाव लेखोजोखा गरि साध्ये नहोला । सरकारले बेलाबेलामा भन्ने गरेको लकडाउनको शैली परिवर्तन एकादेशको गाँउ खाने कथा जस्तै हुन आएको छ ।


लकडाउनका समयमा नागरिक सकेसम्म घरमै बसिरँहदा, सघिय तथा प्रदेश सरकारले युद्धस्तरमा आफना सयन्त्रहरु सञ्चालन गरी कन्टाक्ट टेर्सिङ लाई चुस्त दुरुस्त बनाई कोरोना परिक्षणको दायरा बढाउदै स्वास्थ, सुरक्षा तथा अन्य सरोकारवाला क्षेत्रका पक्षहरुलाई सशक्त र सक्रिय बनाई परिचालन गर्ने र वर्तमान समयमा स्थानिय सरकारको कोरोना नियन्त्रणमा सहृानिय भुमिकालाई थप साथ सहयोग र हौस्टेमा हैसे गर्दे क्वारेईनटाईनको व्यवस्थापन लाई आवश्यक सुधार गरी प्रभावकारी बनाउने तर्फ सरकारको सुस्तपन भएको हो कि भन्ने बहस पनि चलेको छ ।


कोरोना परिक्षण दायरा व्यापक बनाई उच्च, मध्यम, न्युन सक्रंमण क्षेत्र घोषणा गरी लकडाउन खुकुलो गर्दे जाने, जोखिमता विश्लेषणका आधारमा उधोग व्यापार र अर्थउर्पाजनका क्षेत्रहरुलाई सामाजिक दुरी कायम गरी नागरिकमाझ सचेतनामुलक कार्यक्रम मार्फत सुचारु गर्न पर्ने बाध्यता सरकारका अगाडि आईसकेको छ ।


भोकमरी खाध सँकट न्युनीकरणका लागि उत्पादनशील कृषि क्षेत्र, आर्थिक समृद्धीका लागि वन क्षेत्र, सामाजिक विकास र रोजगारी पर्वदनका लागि भौतिक पृर्वाधार क्षेत्र लगायतका अन्य क्षेत्रहरुमा कोरोनाको कहरले भित्रिएका जनशक्ति परिचालन गर्न सके कोरोना कहरका विरुद्ध प्रयोग भएको लकडाउन बाध्यता नभई विकल्प बन्ने कुरामा आवश्यक्ताबोध भईसकेको छ । (लेखक मलासी वन क्षेत्रमा आबद्ध वन प्राविधिक हुन् । हाल काठमाँडौ फरेष्ट्री कलेजमा स्नातकोत्तर तहमा अध्यनरत समेत हुनुहुन्छ ।)

keshavmalashi2017@gmail.com

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्

eskişehir eskort - eskort adana - mersin escort