प्रहरीले स्थानीयमाथि दुव्र्यहार गरेको आरोप

महेन्द्रनगर २४ जेठ ।
स्थानीय प्रशासनले बीउबिजनका पसल खोल्ने र कृषकहरुलाई ओसारपसार गर्ने अनुमति दिएको भए पनि प्रहरीले आदेश विपरीत काम गरेको आरोप लागेको छ ।
भीमदत्त नगरपाालिलका–९ तुम्डानीका बिमल जोशीले महेन्द्रनगर बजारबाट रासायनिक मल खरिद गरेर घर जाँदा प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको दावी गरेका छन् ।
मोटरसाइकलमा मल बोकेर ल्याइरहेको बेला तुम्डानी चोकमा प्रहरीले रोकेर आफ्नो लाइसेन्श खोस्दै लछारपछार गरेको उनको बताए । सीमा प्रहरी चौकी ब्रम्हदेवका सई जीवन गुरुङले आफूलाई अपशब्द बोलेर अपमान पनि गरेको आरोप छ ।


सई गुरुङले जोशीको लाइसेन्स खोसेको स्वीकार्दै लछारपछार र अपशब्द नबोलेको बताए । उनले भने, ‘कडाई गर्न माथिको आदेश भएकोले उनलाई रोकेर लाइसेन्स खोसेको हुँ ।’

सई गुरुङले ‘माथिको आदेश’ भने पनि कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले भने कृषि कार्यका लागि बाधा हुने कुनै पनि व्यवस्था गरेको छैन । कञ्चनपुरका सिडिओ नूरहरी खतिवडाले कृषकले निर्वाध रुपमा कृषि सामग्री ओसारपसार गर्न पाउने बताए । साथै यस घटनाबारे आफुले समेत जानकारी लिने उनको भनाई छ ।


जोशीले आफु माथि प्रहरीले अभद्र व्यवहार गरि मानहानी गरेको भन्दैँ कानुनी उपचार खोज्ने बताए । ‘आज नै प्रशासनमा उजूरी दिने सोच थियो स्थानीय जोशीले भने शनिबार परेका उजुरी हाल्न सकिन्, आईतबार प्रशासनमा उजुररु दिन्छु’ उनले भने ।

प्रहरीको दुव्र्यहारबाट आफ्नो लाईसेन्स समेत च्यातिएको उनको दावि छ ।’ साथै यसअघि पनि सई थापाले स्थानीयलाई दुःख दिने गरेको उनको आरोप छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्