नेपाली सेनाका उपरथी प्रेम शाही र सहायक रथी प्रेम पुनलाई दर्ज्यानी चिन्ह प्रदान

सहायक रथी प्रेम शाहीलाई उपरथी दर्जा र महा सेनानी प्रेमबहादुर पुनलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापा।
हालै बढुवा भएका सेनाका दुई उच्च अधिकृतलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

शुक्रबार जंगी अड्डामा आयोजित एक समारोहमा उपरथी दर्जामा पदोन्नति भएका प्रेम शाही र सहायक रथी दर्जामा पदोन्नति भएका प्रेमबहादुर पुनलाई प्रधानसेनापति थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

पदोन्नति भएका उपरथी प्रेम शाहीलाई श्री युद्धकार्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी र सहायक रथी प्रेमबहादुर पुनलाई प्रधानसेनापतिको कार्यालयको सैनिक सहायकको जिम्मेवारी दिइएको छ। उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो।

उनीहरुको नेपाल सरकार, मन्त्रिपरिषद्को यही १५ असारको निर्णयबमोजिम बढुवा गरिएको सेनाले जनाएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्