कञ्चनपुरमा बिउ प्रशोधन केन्द्रको उद्धघाटनसँग कृषी औजार हस्तान्तरण

महेन्द्रनगर २३ असार ।


कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाँटामा बिउ प्रशोधन केन्द्र उद्धघाटन गरिएको छ । मंगलबार एक कार्यक्रमकाबिच सुदूरपश्चिम प्र्रदेशका पुर्वराज्यमन्त्री प्रकास रावलले केन्द्रको उद्धघाटन गरे ।


प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कञ्चनपुरबाट ५० प्रतिशत अनुदानमा भिमदत्त नगरपालिका–१९ का कृषकलाई गुणस्तर बिउबिजन ग्रेटिङ (उत्पादन ) का लागि आधुनिक मसिन हस्तारण गरिएको हो ।


प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सञ्चालक समितिका अध्यक्ष दशरथ भण्डारीले परियोजनाको कार्यक्रम अन्र्तगत बिउ प्रशोधन केन्द्र स्थापना गरिएको हो ।
उनका अनुसार कृषीमा आधुनिकीकरणका लागि ५० प्रतिशत अनुदानमा ५० लाख बराबरको उपकरण समेत हस्तान्तरण गरिएको छ । त्यस्तै चाुल आवमा जिल्लामा ५ वटा कष्टम हायरिङ सेन्टर र दुई वटा बिउ प्रशोधन केन्द्र स्थापना हुन लागेको अध्यक्ष भण्डारीको भनाई छ ।


कृषी उपकरण हस्तान्तरण एंव केन्द्रको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि रावलले कृषीमा आधुनिकिरणको आवश्यकता रहेको औल्याए ।

उनले कृषीमा यान्त्रीकरण हुन सकेमा मात्रै नेपाली कृषी आधुनिकीकरण हुने बताउँदै ‘कषीलाई सम्मान गर्नु पर्छ, अबको युवा पुस्ताले कृषीमा व्यवसायिक रुपमा लाग्नु जरुरी छ, त्यसका प्रदेश सरकारले पहलकदमी गर्छ’ उनले भने ।

साथै पछिल्लो समयम कोरोना भाईरसको संक्रमणपछि स्वदेश फर्केका युवालाई पछि व्यवसायिक रुपमा कृषीमा परिचालन गर्नु पर्ने उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्