सरिता गिरी समाजवादी पार्टीबाट निस्कासित, सांसद पद पनि गयो

२३ असार, काठमाडौं । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निस्कासन गरेको छ । यससँगै गिरी सांसद पदबाट पदमुक्त भएकी छन् ।

पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसैअनुसार निर्णय भएको एक नेताले जानकारी दिए ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएपनि उनले अटेर गरेकी थिइन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्